ओली र लेखकलाई पक्राउ नियन्त्रणमा लिएपछि गृहमन्त्री गुरुङले खुसी व्यक्त गरे

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक नियन्त्रणमा लिएर बदला लिएको बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले भनेका छन्, ‘प्रतिज्ञा भनेको प्रतिज्ञा नै हो । कानूनभन्दा माथि कोही छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’

गृहमन्त्री गुरुङले भनेका छन्, ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारको नेतृत्व सम्हाल्नेवित्तिकै भदौ २३ र २४ को घटना छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेका थिए ।

Published : Saturday, 2026 March 28, 7:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया