बालेन सरकारद्वारा तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्राउ

काठमाडौं । बालेन सरकारद्वारा तत्कालीन प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको छ ।

शनिबार बिहान करीव ६ बजेतिर भक्तपुरको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले ओलीलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । प्रहरीको अनुरोधपछि ओलीले सहयोग गर्नेभन्दै आफ्ना कानून व्यवसायीहरूसँगको छलफलपछि प्रहरीसँग निवासबाट बाहिरिएका हुन् ।

ओलीलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो । ठूलो संख्यामा परिचालन भएको प्रहरीले चारैतिरबाट ओलीको घेरा हालेको थियो ।

ओली नेतृत्वको तत्कालीन सरकारका तत्कालीन गृहमन्त्री एव्म नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पनि बिहानै प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिसकेको छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनमा ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको छ । नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख ज्यानमुद्दामा पक्राउ परेको यो पहिलो घटना हो ।

Published : Saturday, 2026 March 28, 6:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया