बालेन सरकारद्वारा तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता लेखक पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेवित्तिकै पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पक्राउ गरेको छ ।

शनिबार बिहान करीव ५ बजेतिर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एक प्रहरी अधिकृतका अनुसार तत्कालीन गृहमन्त्री लेखक पक्राउ परेका छन् । लेखकलाई प्रहरी परिसर भद्रकाली ल्याइँदैछ ।

लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री शाहको निर्देशनमा गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरेका थिए ।

Published : Saturday, 2026 March 28, 6:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया