प्रधानमन्त्री शाहलाई कांग्रेसका कार्यबाहक सभापति खड्काको बधाइ र शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाइ तथा शुभकामना दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत खड्काले प्रधानमन्त्री शाह र मन्त्रिपरिषदका सम्पूर्ण सदस्यहरूलाई बधाइ दिएका हुन् ।

कांग्रेसका कार्यबाहक सभापति खड्काले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहजी नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाइ तथा सफल कार्यकालको धेरै धेरै शुभकामना ।’

‘आजै नियुक्त हुनु भएका सबै मन्त्रीजीहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना,’ कांग्रेसका कार्यबाहक सभापति खड्काले भनेका छन् ।

Published : Friday, 2026 March 27, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया