सुदन गुरुङ गृहमन्त्रीमा प्रस्ताव, शपथका लागि निम्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रीमा सुदन गुरुङलाई प्रस्ताव गरेको छ ।

शुक्रबार शुभसाइतमा बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ लिएपछि गुरुङले पनि गृहमन्त्री पदको शपथ लिनेछन् । रास्वपा उच्च स्रोतका अनुसार गुरुङलाई शपथका लागि तोकिएको समयमा, तोकिएको स्थानमा आउन भनिएको छ । गुरुङलाई प्रधानमन्त्री शाहले नै प्रस्ताव गरेको बुझिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान रास्वपाका वरिष्ठ नेता एवम् संसदीय दलका नेता शाहलाई प्रधानमन्त्री पदमा नियुक्ति गरेका छन् ।

Published : Friday, 2026 March 27, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया