परराष्ट्रमन्त्री बन्न लागेका शिशिरको नैतिक आचारणमा प्रश्न, रास्वपामा दुई पत्नी सामान्य, स्वर्णिमले थिङ्क ट्याक छाडे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका बेला दुई मन्त्रीको नाम फाइनल भएको चर्चा छ ।
रास्वपाबाट दुई मन्त्रीको नाम फाइनल हुनेमा स्वर्णिम वाग्ले र शिशिर खनाल रहेको स्रोतको दाबी छ । वाग्लेलाई अर्थ र खनाललाई परराष्ट्र मन्त्री बनाउने रास्वपाका शीर्ष नेतृत्वबीच सहमति भएको बुझिएको छ ।
अर्थमन्त्री बन्नकै लागि इन्स्टिच्यूट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजबाट आफ्नो संलग्नता तोडेका हुन् । यो संस्था नेपालको थिंक ट्याङ्कका रुपमा लिने गरिन्छ ।
उता, परराष्ट्रमन्त्री बन्न लागेका खनालको नैतिक आचरणमा प्रश्न उठेको छ । रास्वपाका नेताहरूले खनालले निर्वाचन आयोगमा बुझाएको अनुसूची १० मा दुई फरक महिलाको नाम पत्नीका रुपमा समावेश गरेको दाबी गरेका छन् । खनालले पहिलो पटक सांसद बन्दा निर्वाचन आयोगमा बुझाएको अनुसूची १० को फारममा स्वतिका श्रेष्ठको नाम उल्लेख छ । दोस्रो पटक सांसद बन्दा आयोगमा बुझाएको विवरणमा अच्युता अधिकारीको नाम उल्लेख छ ।
सञ्चारकर्मी विराट अनुपमले रास्वपाका नेता एवम् सांसद खनालको नैतिक आचरणमा गम्भीर प्रश्न उठाएका छन् । निर्वाचन आयोगमा बुझाएको दुई विवरणको दस्तावेज राखेर सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘श्रीमतीको नाममा फरकफरक चुनावमा फरकफरक नाम राखिएको छ । किन होला शिशिर सर ?’
टोखा नगरपालिका निवासी खनाल काठमाडौं ६ बाट दुई पटक निर्वाचित भइसकेका छन् । उनले दुबै पटक निर्वाचनमा उम्मेदवार बन्दा पत्नीको नाम दुई महिलाको राखेको स्रोतले जनाएको छ । प्रतिक्रिया लिन प्रयास गर्दा सांसद खनालसँग सम्पर्क हुन सकेन ।
हुन त रास्वपामा दुईभन्दा धेरै पत्नी हुने नेता र सांसदहरू प्रसस्तै छन् । खनाल पनि दुई पत्नी हुने सांसदमा परेका छन् । प्रधानमन्त्री हुन लागेका बालेनले नैतिक आचरणको विषयलाई हेर्छन् वा हेर्दैनन् भविष्यले बताउनेछ ।
हुन त रास्वपा सभापति रवि लामिछाने कै दुई पत्नी हुन् । पहिलोलाई डिभोर्स दिएर हाल दोस्रो पत्नी निकिता पौडेलसँग बस्दै आएका छन् । रास्वपाका अन्य धेरै नेता र नेतृहरूको पारिवारिक समस्या छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया