बालेनले प्रधानमन्त्रीको शपथ लिन केही घण्टा बाँकी रहेका बेला श्रेष्ठद्वारा छापामार शैलीमा कोष कब्जा
काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदको पदभार ग्रहण गरेका छन् ।
बुधबार कोषको कार्यालय, ललितपुरमा श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । उनलाई कोषका सदस्य सचिव डा.नरेश सुवेदीले कार्यालयमा स्वागत गरेका छन् ।
प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले आफ्ना स्वकीय सचिव श्रेष्ठलाई मनोनीत गरेकी हुन् ।
कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्री कार्कीले नै अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री कार्कीले स्वकीय सचिव श्रेष्ठलाई मनोनीत गरेकी हुन् ।
आफ्ना प्रमुख स्वकीयलाई नै कोषमा मनोनीत गरेपछि प्रधानमन्त्री कार्कीको आलोचना समेत भएको छ । श्रेष्ठ आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार प्रधानमन्त्री पदको शपथ र पदभार ग्रहण गर्न लागेका छन् । बालेनले प्रधानमन्त्री पदको शपथ लिन केही घण्टा बाँकी रहेका बेला प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठले छापामार शैलीमा कोषको अध्यक्ष पदको पदभार ग्रहण गरेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया