विदेश पठाउनेभन्दै ठगी गर्ने ४ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय सरस्वती भण्डारी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ का ३७ वर्षीय काशिराम दर्जी, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१२ का ४२ वर्षीय धनिराम बुढा र कास्कीको रुपा गाउँपालिका–५ का ३६ वर्षीय बिकल पौडेल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका उनीहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाएको छ ।
पौडेलले क्यानडा पठाउने भन्दै १० लाख, बुढाले अमेरिका पठाउने भन्दै १८ लाख, दर्जीले क्रोएसिया पठाउने भन्दै ३ लाख २० हजार र भण्डारीले रोमानिया पठाउने भन्दै १ लाख ४६ हजार ठगी गरेको आरोप छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया