प्रधानमन्त्रीको शपथ लिएकै दिन बालेनले मन्त्रिपरिषद पूर्णता दिने, गृहमन्त्रीमा लम्सालको चर्चा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले १५ वटा मात्रै मन्त्रालय र मन्त्री राख्ने भएका छन् ।
रास्वपाका एक नेताका अनुसार बालेनले १५ जना मात्रै मन्त्री बनाउने प्रस्ताव गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेलाई १५ जना मन्त्री बनाउने र अधिकांश मन्त्री आफैले नियुक्ति गर्ने सन्देश पठाएका छन् ।
प्रधानमन्त्री पदको शपथ लिएकै दिन बालेनले सरकारलाई पूर्णता दिनेछन् । उनले सबै मन्त्रीहरूलाई शपथ खुवाएर काम गर्न खटाउनेछन् ।
मन्त्री को को बन्नेछन् ? केही भनिएको छैन । स्रोतका अनुसार बालेनले गृहमन्त्रीमा सुनिल लम्साललाई नियुक्ति गर्ने सम्भावना छ । बालेन र सुनिल विद्यालय र कलेजमा सँगै अध्ययन गरेका साथी हुन् । गृहमन्त्री बन्न रास्वपाका उपसभापति डोलप्रसाद अर्यालको पनि नाम चर्चामा छ । बालेनले लम्साललाई अगाडि सारेको रास्वपाका नेताहरूले बताएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया