बदलिएको कांग्रेसका ‘त्रिमूर्ति’, धमिराको जस्तै गतिविधि, पार्टी सखाप पर्ने

काठमाडौं । बदलिएको कांग्रेस अर्थात् कांग्रेस २.० का ‘त्रिमूर्ति’ उदयशम्शेर राणा, उमेश श्रेष्ठ र विनोद चौधरीको निकै रजगज बढेको छ ।

ललितपुरको झम्सीखेलमा रहेको अरबपति चौधरीको भिभान्त होटलमा त्रिभूर्ति राणा, चौधरी र श्रेष्ठको बेलाबेला गोप्य बैठक हुँदै आएको छ । उनीहरूबीच के कुरा हुन्छ खुलेको छैन । तर, बदलिएको कांग्रेसका नेताहरूबीच नेपाली कांग्रेसलाई धमिराले जस्तै सखाप पर्ने गतिविधि गर्ने गरेको चर्चा छ । सभापति शेरबहादुर देउवालाई धोका दिएर गगन थापातिर लागेको ‘त्रिमूर्ति’को समूह गगनलाई पनि धेरै लामो समय सहयोग गर्ने छैनन् । त्रिमूर्तिका रुपमा परिचित यो समूह कांग्रेसका लागि हानिकारक मानिएको छ ।

राणा र चौधरी प्रतिनिधि सभा निर्वाचनमा नराम्रोसँग पराजित भइसकेका छन् । श्रेष्ठ भने पराजित हुन्छु भनेर टिकट नै लिएनन् । गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनमा जमानत जफत हुने अवस्थामा पु¥याएर हराएपछि हायलकायल बनेका श्रेष्ठ यस पटक चुनावमा प्रतिस्पर्धा गर्ने आँटै गरेनन् ।

एमाले हुँदै कांग्रेस प्रवेश गरेर मधेशी आरक्षणमा तर मार्दै आएका अबरपति चौधरीले कांग्रेस समाप्त पार्न ठूलै भूमिका खेलेको आरोप छ । बदलिएको कांग्रेसका गगनकुमार थापाको चाकढी गरेर नवलपरासी १ मा दोस्रो पटक टिकट लिएर गएका चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बिक्रम खनालले पहिलो राउण्डैमा हराएर ढालिदिएका छन् । खनाल लुम्बिनी कांग्रेसका महामन्त्री थिए । गगन र लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनलाई चुक्ली लगाएर चौधरीले खनाललाई कारबाही गरी कांग्रेस छाड्न बाध्य बनाएका थिए । चौधरीलाई अहिले तिनै खनालले लज्जास्पद रुपमा हराइदिएका छन् ।

तत्कालीन माओवादीबाट कांग्रेस प्रवेश गरेका शैक्षिक माफियाका रुपमा परिचित उमेश श्रेष्ठले कांग्रेसलाई छियाछिया बनाउने भूमिका खेलेका छन् । कांग्रेसलाई सखाप पार्ने टपटेनभित्र पर्ने श्रेष्ठ अहिले गगनलाई सखाप पार्न सक्रिय छन् । गगनलाई सहयोग गरेको जस्तो गरिरहेका श्रेष्ठले सभापति शेरबहादुर देउवालाई जस्तै गरी केही दिनभित्रै धोका दिने पक्का छ ।

राणा, चौधरी र श्रेष्ठ तत्कालीन समयमा सभापति देउवासँग निकट थिए । मौका आएपछि सभापति देउवालाई छाडेर गगनतिर लागे । यी तीन जनाको कुनै पनि भर र विश्वास कांग्रेसमा छैन । गगनलाई पनि यो समूहले स्वार्थ रहँदासम्म प्रयोग गर्नेछन् । त्यसपछि सभापति देउवालाई छाडे जस्तै गरी फरार हुनेछन् ।

कुनै बेला नवराज सिलवाललाई आईजीपी बनाउन बोकेर हिँडेका राणा पनि गगनलाई सहयोगभन्दा पनि समाप्त पर्ने रणनीतिमा छन् । ललितपुर १ मा पराजित भएका राणाले सभापति शेरबहादुर देउवालाई गम्भीर रुपमा धोका दिएका छन् । देउवालाई धोका दिएर गगनको सारथी बनेका राणाले पनि गगनलाई कुनै पनि बेला धोका दिने बदलिएको कांग्रेसका नेताहरूले बताउने गरेका छन् ।

स्रोतका अनुसार निर्वाचनभरि यो समूहले विश्वप्रकाश शर्मालाई ललितपुरको कुपण्डोलस्थित हिमालय होटलमा दुई वटा लक्जरी कोठा भाडामा लिइदिएको थियो । शर्मा त्यही कोठामा बसेर हालिमुहाली गरेका थिए । हिमालय होटलमा गगन, विश्व, उदय, उमेश र विनोदले ब्लुलेबल रक्सी समेत सेवन गरेको बदलिएको कांग्रेसभित्र चर्चा छ ।

Published : Tuesday, 2026 March 24, 12:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया