हारको लाज छोप्न बदलिएको कांग्रेसले अग्रज नेताहरूलाई दोष लगायो : प्रचार विभाग प्रमुख विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बदलिएको कांग्रेसले आफ्नो लाज छोप्न अग्रज नेताहरूलाई हारको दोष दिएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुराना दलहरूलाई गाली गरेर दुईतिहाई बहुमत पाएको बताउँदै बदलिएको कांग्रेसले पराजयको लाज छोप्न अग्रज नेताहरूलाई दोष लगाएको बताए ।

प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘रास्वपाले निर्वाचनमा पुराना दललाई गाली गरेर दुईतिहाई सिट ल्यायो । बदलिएको कांग्रेसले ०४६ सालपछिका आफ्नै अग्रजलाई हारको दोष लगाएर समीक्षा बैठक सम्पन्न गर्‍यो । कस्तो संयोग ?’

गगनकुमार थापाले भृकुटीमण्डप भेलाको आयोजना गरेर कांग्रेसलाई हाइज्याक गरी आफूलाई सभापति घोषणा गरेका छन् । बदलिएको कांग्रेस र कांग्रेस २.० नाम दिएर आफूलाई भावी प्रधानमन्त्रीको निर्णय र घोषणा गराएर चुनावमा गएका थापा सर्लाही ४ मा १२ हजार ८ सय ५७ मतको अन्तरबाट पराजित भएका छन् । गगन आफू त पराजित भएरै छाडे । तर, नेपाली कांग्रेसलाई समेत इतिहाँसकै लज्जाजनक हारको अवस्थामा पुर्‍याएका छन् । अझ माटोमाथि अर्थात् हर्क सम्पाङको पार्टीभन्दा ठूलो बनाएको भनेर हर्क सम्पाङको श्रम संस्कृति पार्टीसँग कांग्रेसलाई गगन र बदलिएको कांग्रेसले तुलना गरेका छन् ।

आफू पनि हारेका गगन र कांग्रेस पराजित भएको लाज छोप्न बदलिएको कांग्रेस अर्थात् कांग्रेस २.० ले हारको दोषको जिम्मेवार अग्रज नेताहरूलाई लगाएको छ । हारको दोषको जिम्मेवारी लिन बदलिएको कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्माहरू तयार छैनन् ।

Published : Monday, 2026 March 23, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया