गृहमन्त्रीद्वारा आईजीपी कार्कीसहितका सुरक्षा निकाय र कर्मचारीहरूलाई सम्मान

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रशंसापत्रद्वारा सम्मान गरेका हुन् । अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाध्यक्ष रथी प्रदीपजङ्ग केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूलाई पनि उनले सम्मान गरेका छन् ।

Published : Monday, 2026 March 23, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया