बालेन र हर्कले आफ्नो पार्टी जिताउँदा लज्जास्पद पराजय भोगेका गगनबारे कांग्रेस २.० को ‘कु’ तर्क

काठमाडौं । कांग्रेस २.० ले गगनकुमार थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ ।

आइतबार कांग्रेस २.० ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ५० दिनको समय अपुग भनिएको छ । ‘सभापति श्री गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २६(१) बमोजिम २०८२ चैत्र ३ गते दिनु भएको राजीनामाका सम्बन्धमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले दिएको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रुपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र नभएर समग्र पार्टीको साझा जिम्मेवारीको विषय रहेको,’ विज्ञप्तिमा भनिएको छ ।

‘देशको मौजुदा परिस्थितिमा नेपाली कांग्रेसको सभापतिको रुपमा उहाँले निर्वाह गर्नु पर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभैसकेको वर्तमान अवस्थामा समयमै पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नु पर्ने महत्वपूर्ण जिम्मेवारी समेतलाई मध्यनजर राखी उहाँलाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गर्दै यो बैठक सर्वसम्मतिबाट उहाँको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ,’ कांग्रेस २.० को विज्ञप्तिमा उल्लेख छ ।

हर्क सम्पाङले ५ महिना अगाडि श्रम संस्कृति पार्टी गठन गरेर प्रत्यक्षमै ३ सिटसहित राष्ट्रिय दल बन्न सफल भएको छ । गगन थापाले भृकुटीमण्डप भेला गरेर कांग्रेस हाइज्याक गर्दा कै समयमा बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेर झण्डै दुईतिहाई बहुमत ल्याएका छन् ।

गगन थापा र उनको समूहले ५० दिनको समयमा केही गर्न नसकिएको ‘कु’ तर्क गरेको छ । गगन आफै एक पटक समानुपातिक र ३ पटक प्रत्यक्षबाट १८ वर्षसम्म सांसद बनेका छन् । मन्त्री बनेका छन् । पार्टीको केन्द्रीय सदस्य र महामन्त्री बनेका छन् । सरकार सञ्चालको कार्यदलमा बसेका छन् । जिम्मेवार भूमिकामा बसेका छन् ।

अहिले आएर कांग्रेसलाई निर्वाचनको मुखमा भृकुटीमण्डप भेला गरेर हाइज्याक गरेर आर्यघाटमा पु¥याएर आफू पनि पराजित भएपछि ‘कु’ तर्क गर्न सुहाउँदैन । राजीनामा दिनु भनेको मैले सक्दैन, असक्षम भएँ, तिमीहरूले पार्टी चलाउ भनेको हो । आफैले मनोनीत गरेका टीक पदाधिकारी र सदस्यहरूले गगनको राजीनामा स्वीकार गर्नु वा नगर्नुमा कुनै अर्थ राख्दैन । आफैलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका गगनलाई हराएर औकात देखाइदिएका छन् ।

सभापति शेरबहादुर देउवाको अनुहार लिएर निर्वाचनमा जान सकिँदैन भन्ने गगन थापालाई पनि मतदाताले हराएर नरुचाएको सन्देश दिएका छन् । गगनको अनुहार मतदाताले मन पराएनन् । कांग्रेसलाई हराइदिएका छन् । गगनलाई पनि सर्लाही ४ मा १२ हजार ८ सय ५७ मतको अन्तरबाट हराएर सबक सिकाएर पठाएका छन् ।

Published : Sunday, 2026 March 22, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया