पोखरामा १८ डी सिनेमा हल सञ्चालन
पोखरा । पोखरामा फ्लाइ नेपाल इन्टरटेनमेन्टले अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ ।
शुक्रबार सिनेमा हलको उद्घाटन गरिएको छ । सिनेमा हल पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ । नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो । यसको पहिलो शाखा काठमाडौंमा छ ।
फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाका अनुसार, काठमाडौंमा सफल सञ्चालनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै यो सेवा पोखरामा विस्तार गरिएको बताए । उनले काठमाडौंको भन्दा पोखराको प्रविधि अझ उन्नत भएको बताए ।
१८ डी सिनेमामा १० देखि ३० मिनेटसम्मका १७ वटा फरक कथात्मक संसारमा प्रवेश गर्ने अवसर पाउनेछन् । चलचित्र हेरेर दर्शकले रोमाञ्चक अनुभव लिन सक्छन । विशेष कुरा के भने, यसमा कुनै चश्मा वा हेडसेटको आवश्यकता पर्दैन, जसले सबै उमेर समूहका दर्शकलाई सहज रूपमा आकर्षित गर्छ ।
कम्पनीका निर्देशक हिमाल थापाले पोखरामा यस प्रकारको सिनेमा सञ्चालनले साहसिक अनुभवलाई नयाँ उचाइँ दिने विश्वास व्यक्त गरे । उनले भने, ‘अब पोखरेली दर्शकले साहसिकता बाहिरी गतिविधिमा मात्र होइन, भित्री अनुभूतिमा पनि महसुस गर्न सक्नेछन् ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया