गगन निकट लुम्बिनी कांग्रेसका सभापति पुनलाई आफ्नै नेताहरूबाट कुटपिट, भागेर ज्यान बचाए
नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनलाई बाँकेका जिल्लास्तरीय नेताहरूले धक्कामुक्का, गालीगलौज र कुटपिट गरेर लखेटेका छन् ।
बुधबार नेपालगञ्जस्थित पार्टी कार्यालयमा नेपाली कांग्रेस बाँकेको जिल्ला कार्यसमितिले राखेको चुनावको समीक्षा बैठकमा लुम्बिनी कांग्रेसका सभापति पुन र बाँके ३ का क्षेत्रीय सभापति मोहम्मद लक्की खाँले चुनावमा अन्तरघात भएको भन्दै नेता तथा कार्यकर्ताहरूमाथि कारबाहीको प्रस्ताव राखेपछि धक्कामुक्कासहित कुटपिट गरेर लखेटेको स्रोतले जनाएको छ । बाँके कांग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेलले समीक्षा बैठक राखेका थिए । बैठकमा शुरु हुनेवित्तिकै निरंकुश शैलीमा बाँके ३ का क्षेत्रीय सभापति खाँ र लुम्बिनी कांग्रेसका सभापति पुनले कारबाहीको कुरा राख्नेवित्तिकै आक्रोशित बाँके कांग्रेसका जिल्लास्तरीय नेताहरूले पुन र खाँलाई कुटपिट गरेको बैठकमा सहभागी एक पदाधिकारीले बताए ।
नाम उल्लेख नगर्ने सर्तमा ती पदाधिकारीले भने, ‘लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनलाई बाहिरबाट आएको दलाल हो, टिकट बेचेको ठग हो, रोल्पाबाट चुनाव लड्न नसकेर बाँके चुनाव लडेको जस्ता नाराबाजी गरेर लखेटेका हुन् । धक्कामुक्का र कुटपिट भएपछि अमरसिंह पुन र मोहम्मद नक्की खाँ भाग्नुभयो । पछि प्रहरी आएर उहाँहरूलाई रेस्क्यु गरेर लगेको थियो ।’
बैठकमा सभापति पुनविरुद्ध नाराबाजी भएको थियो । पुनलाई कांग्रेसको टिकट बिक्री गरेको र कारबाही हुनुपर्ने भन्दै बैठकमा नाराबाजी समेत भएको ती पदाधिकारीले बताए । पुनका कारण लुम्बिनी प्रदेशमा कांग्रेस कमजोर हुँदै गएको छ । आफूलाई गगनकुमार थापाको कमाण्डर ठान्ने सभापति पुनले रोल्पा छाडेर निर्वाचन लड्न बाँके ३ मा आएका थिए । बाँके ३ बाट ठूलो मतको अन्तरबाट पराजित भएका छन् ।
लुम्बिनी कांग्रेसका सभापति पुन र क्षेत्रीय सभापति खाँ तथा किशोरसिंह राठौर समूहले चुनावमा अन्तरघात गरेर अमरसिंह पुनलाई हराएको भनेर बाँके कांग्रेसका अधिकांश नेताहरूलाई कारबाही गर्न नामको सूची तयार परेका छन् । बाँके कांग्रेसका दुईतिहाई नेताहरूले अमरसिंह पुन आफ्नो जिल्ला रोल्पामा कहिल्यै जित्न नसक्ने र बाँकेमा आएर अनुशासनको कारबाहीको कुरा गर्न नमिल्ने धारणा राखेका छन् ।
बाँके कांग्रेसको समीक्षा बैठकमा कुटपिट र धक्कामुक्का भएको विषयमा प्रतिक्रिया लिन सभापति पुनलाई फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया