कार्यकाल सकिएर जान लागेकी प्रधानमन्त्री कार्कीसँग एमालेका नेताहरूद्वारा भेट
काठमाडौं । एमालेका नेताहरूले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।
मंगलबार बालुवाटारस्थित सरकारी निवासमा एमालेका नेताहरूले कार्कीसँग भेट गरेका हुन् । कार्कीसँगको भेटका लागि एमालेका नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला गएका थिए ।
प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै एमालेका नेताहरूलाई धन्यवाद दिएकी छिन् ।
कार्कीले निर्वाचनमा जितहार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई सान्त्वना पनि दिएकी छिन् ।
एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएको भन्दै कार्की नेतृत्वको सरकारलाई धन्यवाद दिएका छन् ।
कार्की अबको एकहप्तापछि प्रधानमन्त्रीको कार्यकाल सक्किएर घर फर्किन लागेकी छिन् । नयाँ प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आउन लागेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया