कांग्रेसका २० समानुपातिक सांसदहरूको नाम आयोगद्वारा सार्वजनिक, गगनका ससुरा मालामाल
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकबाट निर्वाचित हुने नेपाली कांग्रेसका २० सांसदहरूको सूची सार्वजनिक गरेको छ ।
सोमबार आयोगले प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसबाट समानुपातिकतर्फ २० जना सांसद निर्वाचित भएको जनाएको छ । कांग्रेसलाई भृकुटीमण्डप भेलाबाट हाइज्याक गरेका गगनकुमार थापाले आफ्ना ससुरा अर्जुन नरसिंह केसीको नाम खस आर्यतर्फ पहिलो नम्बरमा राखेर समानुपातिक सांसद बनाएका छन् । गगनैले नै केसीलाई सिफारिस गरेका हुन् ।
कांग्रेसका समानुपातिक सांसदमा निर्वाचित हुनेहरूमा (१) भीष्मराज आङ्देम्बे, (२) मदनकृष्ण श्रेष्ठ, (३) गीताकुमारी सेन्दाङ, (४) गंगालक्ष्मी अवाल, (५) गीता गुरूङ, (६) रेनुका काउचा, (७) अर्जुननरसिंह केसी, (८) कालिबहादुर सहकारी, (९) सुशीला ढकाल आचार्य, (१०) रूक्मिणीदेवी कोइराला रहेका छन् ।
(११) रिना उप्रेती, (१२) सीता थपलिया, (१३) प्रमिलाकुमारी गच्छदार, (१४) हरिनादेवी कामी, (१५) पवित्रा विक, (१६) मनमाया विक (१७) चन्द्रमोहन यादव, (१८) निनुकुमारी कर्ण, (१९), रेखाकुमारी यादव र (२०) शाहजान खातुन निर्वाचित भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट जितेको छ । गगन थापाका कारण कांग्रेसकाले लज्जाजनक पराजय भएको छ । कांग्रेस इतिहासमै यसरी पराजित भएको हो । कांग्रेसलाई समाप्त पार्ने बाटोमा लैजाने कार्य गरेको भन्दै गगनको आलोचना भइरहेको छ ।

बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया