काठमाडौंमा एक करोड १६ लाख हुण्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले हुन्डी तथा क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ ।

सोमबार प्रहरी उपरीक्षक पवनकुमार भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिअनुसार २ जनालाई १ करोड १६ लाख रुपियाँ नगदसहित पक्राउ गरिएको छ । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ८ भीमढुङ्गाबाट पक्राउ पर्नेमा सोही स्थानका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल रहेका छन् ।

हुन्डी तथा अभौतिक मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापामारेर नगदका साथै चेक, एटीएम, नागरिकता, सवारी साधन, मोबाइल, सिमकार्डहरू, कम्प्युटर लगायतका सामग्रीहरू बरामद गरेको छ ।

Published : Monday, 2026 March 16, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया