रास्वपाको समानुपातिक सूचीमा को–को ? प्रकाश सपुतको नाम छुट्यो

काठमाडौं । सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदका लागि ५७ जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

आइतबार रास्वपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा तोकिएको क्लष्टरअनुसार ४८ महिला र ९ पुरुषको नाम बुझाइएको छ ।

खसआर्यमा महिलातर्फ प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी (आचार्य, विधुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला (पिछडिएको), क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा (पिछडिएको), ज्ञानु पौड्याल, प्रभा ढकालको नाम सिफारिस गरिएको छ । पुरुषतर्फ रमेश प्रसाईंको नाम सिफारिस गरिएको छ ।

आदिवासी जनजाति महिलातर्फ बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजू, सुजाता तामाङ, कृपा महर्जन र एलिजा गुरुङको नाम सिफारिस गरिएको छ । पुरुषतर्फ राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पाको नाम सिफारिस गरिएको छ ।

मधेशी महिलातर्फ पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरीको नाम सिफारिस गरिएको छ । पुरुषतर्फ पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्णको नाम सिफारिस गरिएको छ ।

दलित महिलातर्फ रिमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेञ्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा र खिमा विकको नाम सिफारिस गरिएको छ । पुरुषतर्फ प्रकाशचन्द्र दर्जीको नाम सिफारिस गरिएको छ । गायक प्रकाश सपुत छुटेका छन् ।

थारु महिलातर्फ गीता चौधरी, करिश्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरीको नाम सिफारिस गरिएको छ । मुस्लिम महिलातर्फ समिना मियाँ, अफ्साना बानु र गजाला समिम मिकरानी नाम सिफारिस भएको बुझिएको छ ।

Published : Sunday, 2026 March 15, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया