काभ्रेली दावा निकटका दुई शक्तिशाली गुण्डा नाइके ‘कुले’ र ‘कोरियन’ बौद्धमा पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले हायत होटल तथा प्राईड क्यासिनो लुटपाट र आगजनीमा संलग्न दुई जना गुण्डा नाइकेलाई पक्राउ गरेको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गरेर प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ३७ वर्षीय कुले भन्ने कुलध्वज लामा र ३७ वर्षीय कोरियन भन्ने राकेश लामालाई पक्राउ गरेको जनाएका छन् । कुले र कोरियनलाई फागुन ३० गते शनिबार काठमाडौंको बौद्धबाट पक्राउ गरिएको एसपी भट्टराईले बताए ।
गुण्डा नाइके कुले काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका वडा नं. ४ घर भइ काठमाडौंको बौद्धमा बस्दै आएका थिए । अर्का गुण्डा नाइके कोरियन काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ८ घर भइ हाल काठमाडौंको बौद्धमा बस्दै आएका थिए ।
कुलेविरुद्ध यसअघि विभिन्न मितिमा केही सार्वजनिक अपराध र ज्यानमार्ने उद्योगमा ५ वटा मुद्दा दर्ता भएका छन् । कोरियनविरुद्ध पनि केही सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहार कसूरमा ७ वटा मुद्दा दर्ता रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका कुले भन्ने कुलध्वज लामा नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन् । कुलेलाई गुण्डा नाइके दावा लामा र कांग्रेस काभ्रेका सभापति तीर्थबहादुर लामाले राजनीतिक संरक्षण गर्दै आएका छन् ।
गगन थापाले नेपाली कांग्रेसको भृकुटीमण्डपमा विशेष महाधिवेशनको नाममा भेला राखेका बेला कुले भन्ने कुलध्वज लामा र कोरियन भन्ने राकेश लामाहरू सोही स्थानमा छाती खोलेर हिँडेको समेत देखिएको थियो । दावा लामाविरुद्ध पनि विभिन्न अपराधको सूची प्रहरीमा छ । दावा लामालाई पनि प्रहरीले उच्च निगरानीमा राख्दै आएको छ ।
जेनजी आन्दोलनका बेला भदौ २४ गते बौद्धस्थित हायत होटल र क्यासिनोमा कुले र कोरियनले लुटपाट तथा आगजनी गरेको अभियोग छ ।
प्राईड क्यासिनो र हायत होटलमा १४ करोड लुटिएको उजुरी प्रहरीमा परेको छ । लुटपाटको केही समयपछि प्रहरीले संलग्न बौद्धका ४२ वर्षीय सेठ्ठी भनिने दावा शेर्पा र काठमाडौं बूढानीलकण्ठका २९ वर्षीय रने भनिने रन्जित खड्गीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको थियो । ती १० जना पुर्पक्षका लागि थुनामा छन् ।
प्रहरीले यसअघि पक्राउ गरेका शेर्पा र खड्गीसहितका आरोपीमाथि डाँका चोरी, आपराधिक उपद्रव कसूरमा मुद्दा चलाएको छ ।
प्रहरीले क्यासिनोको सीसीटीभीका आधारमा आपराधिक समूहमाथि अनुसन्धान थालेको थियो । सोही आधारमा उनीहरू पक्राउ परेका हुन् ।
कुलेको समूहले बौद्ध क्षेत्रलाई आधार बनाएर मिटर ब्याजदेखि निर्माण व्यवसायीसम्मलाई धम्क्याएर रकम असुली गर्दै आएकको थियो ।

बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया