प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमालेका अध्यक्ष केपी ओलीबीच भेट भएको छ ।

आइतबार भक्तपुरस्थित निवासमा ओलीलाई भेट्न कार्की पुगेकी थिइन् । भेटमा कार्कीले ओलीका पिताको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेकी छिन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो ।

Published : Sunday, 2026 March 15, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया