एमालेबाट १६ समानुपातिक सांसदहरूको नाम सिफारिस, कोमल र शान्ता छुटे
काठमाडौं । तेस्रो दलमा खुम्चिएको एमालेले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ ।
शनिबार भक्तपुरमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाएको एमालेका सचिव महेश बस्नेतले बताएका छन् ।
क्लस्टरअनुसार एमालेले समानुपातिक सांसदको चयन गरेको छ । एमालेले समानुपातिकबाट १६ सिट जितेको छ । एमालेले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ ।
जनजाति महिला र पुरुषबाट एमालेले ४ जनाको नाम सिफारिस गरेको छ । भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन् ।
खस आर्यबाट महिला र पुरुष गरी ५ जनाको नाम सिफारिस भएको छ । महिलाबाट पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र) रहेका छन् भने पुरुषबाट गुरुप्रसाद बराल, पुष्पराज कंडेल रहेका छन् ।
थारुबाट कृपाराम राना (पुरुष), दलितबाट विष्णुमाया वि.क. र नीता घटानी, मधेसीबाट महिलामा रिङ्ला यादव, यशोधाकुमारी यादव तथा पुरुषमा चन्द्रेश्वर मण्डल रहेका छन् । मुस्लिम महिलामा साजिदा सिद्दिकी समानुपातिकमा सिफारिस भएकी छिन् । साजिदा सिद्दिकी दाङ निवासी हुन् ।
दाङबाट समानुपातिकमा कोमल ओली र शान्ता चौधरी पनि सिफारिसमा परेका थिए । ओली र चौधरी समानुपातिकमा छुटेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया