इनिशाको न्यायको पक्षमा देशभरि आवाज उठाउन तयार छौं : तरुण दल
काठमाडौं । नेपाल तरुण दलले इनिशा विक बलत्कार र हत्याको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई ढाकछोप नगर्न चेतावनी दिएको छ ।
शुक्रबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गरेर इनिशा घटनाको सत्यतथ्य छानविन गरेर दोषीलाई कानूनको दायरमा ल्याउन माग गरेका छन् ।
‘सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं. १ निवासी १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या गरिएको अत्यन्तै जघन्य र अमानवीय घटनाप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष गुरुङले भने ।
‘एक निर्दोष किशोरीमाथि गरिएको यस्तो क्रूर अपराधले समग्र समाजलाई स्तब्ध बनाएको छभने आम नागरिकमा गहिरो आक्रोश पैदा भएको छ,’ उनले भने ।
‘यस्तो घटनाले हाम्रो समाजको सुरक्षा अवस्था र राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ,’ गुरुङले भने, ‘नेपाल तरुण दल केन्द्रीय समिति यस घटनामा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष र पारदर्शी अनुसन्धानमार्फत कानूनबमोजिम हदैसम्मको कडा कारबाही गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’
तरुण दलका अध्यक्ष गुरुङले भने, ‘पीडित परिवारलाई तत्काल न्याय दिलाउन, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा आवश्यक सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गर्दछौं । महिला तथा बालबालिकामाथि भइरहेका यस्ता जघन्य अपराधहरू नियन्त्रण गर्न राज्यले अझ जिम्मेवार र संवेदनशील ढंगले काम गर्नुपर्ने आवश्यकता हामीले जोडका साथ महसुस गरेका छौं ।’
‘यदि यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न ढिलाइ गरियो वा कुनै किसिमको ढाकछोप गर्ने प्रयास भयो भने नेपाल तरुण दल चुप लागेर बस्ने छैन’, उनले भने ।
‘न्यायको पक्षमा देशभर आवाज उठाउन र आवश्यक परे सशक्त आन्दोलन गर्न समेत बाध्य हुने कुरा यसै विज्ञप्तिमार्फत स्पष्ट गर्न चाहन्छौं,’ तरुण अध्यक्ष गुरुङले भने ।
‘पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै न्यायका लागि नेपाल तरुण दल सधै दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया