समानुपातिक सांसदमा कांग्रेसबाट क–कसको सम्भावना ? पहिलो नम्बरमा गगनका ससुरा
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको नाम मागेपछि नेपाली कांग्रेसमा समानुपातिकतर्फका २० जना सांसद छनोट गर्न शुरु गरेको छ ।
बिहीबार समानुपातिकतर्फ ३ प्रतिशत (थ्रेसहोल्ड) कटाएका दलले पाउने सांसदको सिट संख्या तोकेको छ । आयोगले कांग्रेसको भागमा २० सांसद दिएको छ । कांग्रेसले समानुपातिकबाट पाएको २० सिटमा बन्द सूचीबाट १५ जना महिला पठाउनुपर्नेछ ।
आयोगले कांग्रेसलाई खस–आर्य र आदिवासी जनजातिबाट ६–६ जना पठाउने भनेको छ । मधेसी र दलितबाट ३–३ जना समेट्न भनेको छ । थारू र मुस्लिममा एक–एक जना उम्मेदवारको नाम बन्दसूचीबाट छान्न आयोगले कांग्रेसलाई पठाएको पत्रमा उल्लेख छ । एकजना पीछडिएको क्षेत्रमा समेट्नुपर्नेछ ।
पिछडिएको क्षेत्रबाट विद्यादेवी तिमिल्सिना र हजारी नेपाली वादी महिलातर्फ छन् भने पुरुषतर्फ मुगुका भीमबहादुर तिरुवा र हुम्लाका ताराबहादुर लामा उम्मेदवार छन् ।
खस आर्य महिलामा सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया र गंगा शाही सांसद बन्ने सम्भावना बलियो छ ।
अख आर्य पुरुषतर्फ एक नम्बरमा रहेका अर्जुननरसिंह केसी सांसद हुने वा नहुने अन्य क्लस्टरबाट आउने महिलाको संख्यामा भर पर्नेछ । समानुपातिकको पहिलो नम्बरमा रहेका केसी गगनकुमार थापाका ससुरा हुन् ।
गगनले आफ्ना ससुरालाई समानुपातिक सांसद बनाउन ठूलै शक्ति लगाएका छन् । कुनैपनि हालतमा ससुरालाई समानुपातिक सांसद बनाइ संसदीय दलको नेता बनाउने योजना गगनको रहेको स्रोतले जनाएको छ ।
आदिवासी जनजातिबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बेको सम्भावना बलियो छ । मधेसी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव आउने सक्नेछन् ।
दलितबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली निर्वाचित हुने सम्भावना छ । थारूबाट निर्वाचित हुनेमा एक जना प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट निर्वाचित हुनेमा एक जना शाहजान खातुन छन् ।
आयोगले बिहीबार ६ दललाई प्राप्त समानुपातिक सिटमा निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बन्दसूचीबाट छान्न तीन दिन समय दिएर पत्राचार गरिसकेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया