तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन
भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।
स्वदेशमै उत्पादन गरिएका विभिन्न भेराइटीका बियरहरू यहाँ सिधै धाराबाट थापेर पिउन सकिने व्यवस्था गरिएको छ, जसले आगन्तुकहरूलाई फ्याक्ट्री टेस्टकै जस्तो ताजापन र स्वादको अनुभव गराएको कम्पनीले जनाएको छ ।
बियर गार्डेन कोटिहवा चोकबाट करिव ४०० मिटर पश्चिम टाईगर प्यालेससँगै संचालनमा रहेको छ । गार्डेनमा आउने पाहुनाहरूका लागि बियर पिउने अनुभवलाई अझ फरक र स्मरणीय बनाएको छ ।
क्राफ्ट बियर संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको यस स्थानमा पाहुनाहरूले काठबाट बनेका आकर्षक भिल्लामा बसेर खुला वातावरण, मनमोहक मौसम र प्राकृतिक दृश्यको आनन्द लिँदै बियरको स्वाद लिन सक्छन् । धेरै सेवाग्राहीहरूले यस्तो वातावरणमा बियर पिउनुको मज्जा नै अलग हुने प्रतिक्रिया दिने गरेका छन् ।
नेपालमा कुरिनटार क्षेत्रपछि यस प्रकारको क्राफ्ट बियर अनुभव उपलब्ध गराउने स्थलका रूपमा चिलियाको यो बियर गार्डेन पश्चिम नेपालकै पहिलो मानिन्छ । बियरसँगै अनुभवी सेफहरूबाट तयार गरिएका विभिन्न परिकारहरूले स्वाद र आतिथ्यलाई अझ समृद्ध बनाउने गरेका छन् ।
यो परियोजना व्यवसायी मीनराज भुसालको अवधारणा र लगानीमा सञ्चालन भइरहेको हो । भुसालका अनुसार यस परियोजनाको मुख्य उद्देश्य क्षेत्रमै फरक किसिमको बियर संस्कृतिको विकास गर्नुका साथै स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्नु हो । हाल यस व्यवसायमार्फत करिब ५० जना स्थानीयले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
विदेश जाने सोँच बनाएका धेरै युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा पनि यो परियोजना उदाहरण बनेको छ। सामान्य लगानी र सही व्यवस्थापन भए आफ्नै देशमा बसेर परिवारसँगै जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश पनि यसले दिएको छ । यस्ता उद्यमहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
भौगोलिक हिसाबले पनि रुपन्देहीमा रहेको यस बियर गार्डेनको स्थान विशेष महत्वको देखिएको छ । भारतबाट नेपालका पर्यटकीयस्थल पोखरा र लुम्बिनी क्षेत्रतर्फ यात्रा गर्ने पर्यटकहरूका लागि यो स्थान उत्कृष्ट विश्राम स्थलका रूपमा विकास हुंदै गइरहेको छ ।
व्यवसायीहरूका अनुसार नेपालमा यस्ता परियोजनाहरू अझ विस्तार गर्न सरकारले लगानीको सुरक्षा, संरक्षण तथा व्यवसायमैत्री नीतिको सुनिश्चितता गर्न आवश्यक छ । यदि राज्यले लगानीमैत्री वातावरण निर्माण गर्न सके यस्ता परियोजनाहरू देशभर विस्तार हुने र त्यसले रोजगारी तथा पर्यटन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने छ ।
रुपन्देही क्षेत्रमा नयाँ अनुभव खोज्ने बियर पारखिहरूका लागि चिलियाको बारसिङ्गे बियर गार्डेन अहिले नयाँ आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया