कांग्रेस हराएर र आफू पनि हारेपछि छिनछिनमा फेसबुकमा आउने गगन बेपत्ता, बच्न मिडिया ट्रायल
काठमाडौं । गगनकुमार थापाले नेपाली कांग्रेसलाई इतिहासकै लज्जास्पद अवस्थामा पुर्याएका छन् ।
भृकुटीमण्डप भेलाबाट आफूलाई पार्टी सभापति र भावी प्रधानमन्त्री घोषणा गराएका गगनका कारण कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० सिटमा खुम्चिएको छ । निर्वाचनको मुखमा कांग्रेसलाई तहस नहस बनाएका गगन निर्वाचनको परिणाम आएपछि एकशब्द बोलेका छैनन् ।
विगतमा कुनै घटना हुनेवित्तिकै फेसबुकमा लाइभ आएर वा भिडियो सन्देश जारी गरेर प्रतिक्रिया दिने गरेका गगन फागुन २१ को चुनावपछि चुपचप छन् । परिवार र आफू निकटका केही नेताहरूलाई बाहेक गगनले कसैलाई पनि भेट गरेका छैनन् ।
शंकर तिवारी लगायतका केही साइबर सेनाका सदस्यहरूलाई मिडिया र सामाजिक सञ्जालहरूमा ‘गगन थापा भएका कारण माटो (हर्क साङपाङको दल)माथि कांग्रेस भएको छ’ भन्ने जस्ता कुर्तकहरू गराइरहेका छन् । मिडिया ट्रायल गराइरहेका छन् । सभापति शेरबहादुर देउवाविरुद्ध अहिले पनि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा समाचारहरू लेखाइरहेका छन् । शेरबहादुर देउवाको अनुहार देखाउँदा कांग्रेस हार्छ भनेर भृकुटीमण्डप भेलाबाट कांग्रेस हाइज्याक गरेका गगनका कारण कांग्रेसको किन यो हबिगती भयो ? गम्भीर प्रश्न उठेको छ । गगनको लोकप्रियता, अहँकार र घमण्डलाई जनताले चकनाचुर बनाइदिएका छन् ।
गगनलाई मतदाताले मन पराउँथे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुईतिहाई बहुमत दिने थिएनन् । कांग्रेसलाई नै जिताउने थिए । गगनलाई सर्लाही ४ मा मतदाताहरूले मन पराउथे भने १२ हजार ८ सय ५७ मतको अन्तरबाट हराउने थिएनन् । कांग्रेसमा गगनको औचित्य समाप्त भएको छ । गगनले भनेको कथित विशेष महाधिवेशनको औचित्य पनि सक्किएको छ ।
०४८ सालको निवाचनमा २०५ सिटमा कांग्रेसले ११० सिट जितेको थियो । ०५१ सालको मध्यावधि निर्वाचनमा पनि कांग्रेसले २०५ सिटमा ८३ सिट जितेर दोस्रो ठूलो दल बनेको थियो । ०५६ सालमा २०५ सिटमा कांग्रेसले १११ सिट जितेको थियो । ०६४ को पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा ३७ र समानुपातिकमा ७३ तथा मनोनीतमा ५ गरि ११५ सिट जितेको थियो । दोस्रो संविधान सभाको निर्वाचन ०७० मा कांग्रेसले प्रत्यक्षमा १०५, समानुपातिकमा ९१ र मनोनीत १० गरि २०६ सिटमा जितेको थियो । दुइटै संविधान सभा ६०१ सदस्यीय रहेका थिए । ०७४ को निर्वाचनमा कांग्रेसले २७५ सिटमा प्रत्यक्षमा २३ र समानुपातिकमा ४० गरि ६३ सिटमा जितेको थियो । ०७९ को निर्वाचनमा २७५ मा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ सिट गरि ८९ सिटमा जितेको थियो । ०८२ को निर्वाचनमा २७५ मा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरि ३८ सिटमा जितेको छ ।
गगनले भृकुटीमण्डप भेलाबाट कांग्रेसलाई हाइज्याक गरेपछि ३८ सिटमा खुम्चिएको छ । कांग्रेस इतिहासमा यस्तो अवस्थामा पुगेको थिएन । कांग्रेसलाई कोमामा पुर्याएर गगन दुलाभित्र लुकेर बसेका छन् । मिडिया ट्रायल गरेर बसेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया