विराज भट्ट अभिनित ‘राम नाम सत्य’को टिजर रिलिज

काठमाडौं । विराज भट्टको एक्सन अवतार समेटिएको ‘राम नाम सत्य : पर्दाभित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ ।

एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको फिल्मको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ ।

फिल्मको टिजरमा अभिनेता विराज भट्टको यसअघि नदेखिएको एक्सन अवतार देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा तयार भएको फिल्मको टिजरले चैत्र २७ गते बक्स अफिसमा धमाका हुने संकेत गरेको छ ।

फिल्ममा विराजका साथमा सुनिल थापा, सुशील श्रेष्ठ, दीव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकार को अभिनय छ ।

माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन् । राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेको यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवा अन्सारीको संगीत छ ।

अभिमन्यू निरवी र समय थपलिया फिल्मका स्क्रिप्ट सल्लाहाकार हुन् । माइकल चन्दकै कथा र पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्युजिक छ । साहिल खानले टिजर र ट्रेलर तयार पारेका हुन् ।

फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत सुपरहिट भइसकेको छ ।

Published : Thursday, 2026 March 12, 3:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया