दाङ १ का कांग्रेस उम्मेदवार चौधरीद्वारा खर्च विवरण सार्वजनिक
लमही । नेपाली कांग्रेसबाट दाङ क्षेत्र नं. १ का उम्मेदवार योगेन्द्र चौधरीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।
बुधबार सार्वजनिक गरिएको विवरणअनुसार चौधरीले कुल ३० लाख खर्च भएको जनाएका छन् ।
सवारी साधन भाडा खर्चमा ३ लाख, वडास्तरीय प्रचार कार्यक्रममा १५ लाख १७ हजार ५ सय, नमूना मतपत्र छपाईमा १ लाख २५ हजार, प्रचार प्रसार सामग्रीमा २ लाख ३५ हजार खर्च भएको विवरणमा उल्लेख छ ।
कार्यालय सञ्चालन गर्न ७५ हजार, वडास्तरीय कार्यक्रम सञ्चालन गर्न १ लाख ८७ हजार, निर्वाचन प्रचारका क्रममा खानाको ३ लाख ७५ हजार ५ सय, मतदाता प्रशिक्षणमा १ लाख ७५ हजार मनोनयन दर्तामा १० हजार खर्च भएको विवरणमा उल्लेख छ ।

Published : Wednesday, 2026 March 11, 9:02 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया