कांग्रेसद्वारा राष्ट्रिय सभाका नवनिर्वाचित र बहालवाला सांसदहरूसँग अन्तरक्रिया

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका नयाँ र पुराना सांसदहरूबीच परिचयात्मक अन्तक्र्रिया गरेको छ ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेसले पार्टीका राष्ट्रिय सभाका वहालवाला सांसद र नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।

माघ १२ गते राष्ट्रिय सभाको १८ पदका लागि चुनाव भएको थियो । नेपाली कांग्रेसका ९ जना निर्वाचित भएका थिए ।

कार्यक्रममा पार्टीका राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलालगायत उपस्थित थिए । राष्ट्रिय सभामा कांग्रेसका २४ जना सदस्य छन् ।

Published : Wednesday, 2026 March 11, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया