गगनलगायतका नेताहरूले निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरे : जीतजंग बस्नेत
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले गगनकुमार थापाको राजीनामा माग गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरूबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले गगन थापाहरूको विशेष महाधिवेशनकै कारण कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको बताए ।
सांसद बस्नेतले कांग्रेसलाई लज्जास्पद हारमा पुर्याउन प्रमुख भूमिका खेलेको भन्दै गगन थापाले पदबाट राजीनामा दिनुपर्ने बताए । उनले पार्टीको विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताएका छन् ।
सांसद बस्नेतले कांग्रेसले जनताले दिएको म्यान्डेटलाई स्वीकार गर्दै अघि बढ्ने पनि बताएका छन् ।
सांसद बस्नेतले गगन थापालगायतका नेताहरूले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरेको आरोप समेत लगाएका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया