इनिशा हत्या प्रकरणको निष्पक्ष छानविनको मागसहित प्रदर्शन

वीरेन्द्रनगर । सुर्खेत जिल्लामा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले दोषीलाई हदैसम्मको कारबाही माग गरेर प्रदर्शन गरेका छन् ।

बुधबार वीरेन्द्रनगरमा इनिशाका आफन्तले दोषीलाई कारबाहीको माग गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले दोषीलाई तत्काल पक्राउ गर्न पनि माग गरेका छन् ।

इनिशाको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार सुर्खेतमा खबरदारी र्‍याली गरेका हुन् । ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारासहित पीडित परिवार र आफन्तले खबरदारी र्‍याली निकाल्दै प्रदर्शन गरेका हुन् ।

वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा इनिशा विकको शव फेला परेको थियो । आफन्तले इनिशालाई बलत्कारपछि हत्या गरेको आशंका गरेका छन् । प्रहरीले हत्याको आशंकामा ३ जनालाई पक्राउ गरेर अनुसन्धान पनि शुरु गरेको छ ।

Published : Wednesday, 2026 March 11, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया