कांग्रेसलाई खाल्डोमा हालेका गगनको राजीनामा कसैले मागेको छैन, कुरा नैतिकताको हो
काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहसँग १२ हजारभन्दा धेरै मतको अन्तरबाट पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाको राजीनामा कसैले पनि मागेको छैन ।
थापको राजीनामा कसैले मागेको छभने त्यो उनी निकटकै नेता र कार्यकर्ताहरूले मागेका छन् । भृकुटीमण्डपको भेलाबाट थापाले आफूलाई कांग्रेसको सभापति घोषणा गरेपछि सभापति शेरबहादुर देउवासहित बहुमत कार्यसमिति पदाधिकारी र सदस्यहरू प्रक्रिया नमिलेको र अबैधानिक भनेर सर्वोच्च अदालत गएको छ । देउवा पक्षले भृकुटीमण्डप भेलालाई स्वीकार गरेकै छैन । स्वीकार नगरेको भेलाबाट सभापति भएका थापाको राजीनामा देउवा पक्षधरले माग्ने भन्ने कुरै आउँदैन । कांग्रेसबारे जे हुन्छ सर्वोच्च अदालतमा हुन्छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पनि राजीनामा वा थापाका बारेमा एकशब्द कतै केही बोलेका छैनन् ।
भृकुटीमण्डप भेला अस्वीकार गर्ने कांग्रेसका नेता तथा कार्यकर्ताहरूले थापामाथि नैतिक प्रश्न भने उठाएका छन् । कांग्रेसलाई ८९ सिटबाट आधाभन्दा तल झारेपछि थापासँग नैतिकताको प्रश्न उठेको छ । थापा आफू स्वयम् पनि १२ हजारभन्दा धेरै मतको अन्तरबाट पराजित भएका छन् । यस्तो अवस्थामा थापाको नैतिकतामाथि प्रश्न उठ्नु स्वभाविक छ । आलोचनाबाट बच्न थापाले आफू निकटका नेता तथा कार्यकर्ताहरूलाई राजीनामाको चर्चा गर्न लगाएर सुरक्षित हुन खोजेका छन् । थापाको चाल र रणनीतिलाई संसारले राम्रोसँग बुझेको छ ।
निर्वाचनको मुखमा कांग्रेसलाई हाइज्याक गरेर लगेका थापाले कांग्रेसलाई हराएर खाल्डोमा हालेका छन् । सर्लाही ४ मा थापा आफू पनि १२ हजार ८ सय ५७ मतको अन्तरबाट पराजित भएका छन् ।
शेरबहादुर देउवाको अनुहार देखाएर कांग्रेसलाई जिताउन सकिदैन भन्दै थापाले भृकुटीमण्डप भेलाबाट आफूलाई सभापति र भावी प्रधानमन्त्री घोषणा तथा निर्णय गरेर चुनावमा होमिएका थिए । थापाको अनुहार जनताले रुचाएनन् । कांग्रेसलाई हराएर पठाइदिएका छन् । थापालाई सर्लाही ४ का जनताले हराएर दण्ड दिएका छन् । थापाले यो कुरा बुझेर पनि बुझ पचाएका छन् । राजीनामा माग गरे भनेर विषयान्तर गर्न खोज्दै छन् । कुरा राजीनामाको होइन, कुरा नैतिकता र इमान्दारिताको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया