एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ ।
मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल खेलाडी संघसँग भएको छलफलपछि एन्फा केन्द्रीय कार्यालयमा खेलाडी संघले गरेको तालाबन्दी खोलिएको हो ।
एन्फा कम्प्लेक्स परिसरमा भएको छलफलपछि दुवै पक्षबीच शहीद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट शुरु गर्ने सहमति भएको छ ।
खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम संघले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । खेलाडीहरूको सेवा र सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको छ ।
छलफलमा एन्फा महासचिव राई, केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाह तथा खेलाडी संघका प्रतिनिधिहरू सहभागी रहेका थिए ।
एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता शाह, प्रतियोगिता निर्देशक संजीव मिश्र, खेलाडी संघका अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथुले धारणा राखेका थिए ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया