महत्वाकांक्षा र आबेगबाट मुक्त बनौं, मत परिणामले कांग्रेसीहरूलाई गम्भीर सन्देश दियो : कार्यबाहक सभापति खड्का
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामले गम्भीर बनाएको भन्दै संयम भएर अगाडि बढ्न अपील गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत आह्वान गर्दै कार्यबाहक सभापति खड्काले आफूले आफैलाई बिगतको समीक्षा गरेर कांग्रेसका लागि एकताबद्ध बनेर जानुपर्ने बताएका हुन् ।
उनले भने, ‘प्रतिनिधिसभाको निर्वाचनको परिणामले विशेष गरि सबैभन्दा बढि बिभिन्न तहमा विभिन्न जिम्मेवारीमा कृयाशील हामी कांग्रेसीहरूलाई गम्भीर सन्देश प्राप्त भएको छ ।’
‘हाम्रा भगवानरुपि परमआदर्णीय मतदाताहरूको निर्णयबाट अब आबेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर अत्यन्त संयम, जिम्मेवार भएर हामी सबैले म म भन्दै बिगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्वाकांक्षा, आबेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक र बृहत एकताका लागि निष्टा र समर्पण भावका साथ अगाडि बढ्नु पर्ने हामी सबैको नैतिक कर्तब्य र जिम्मेवारी छ,’ खड्काले भने ।
उनले भने, ‘हाम्रा अगाडि खडा भएको हिमालयन चुनौतिको सामाना गर्ने यहिनै उपयुक्त बाटो हो त्यस्तो लाग्छ ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया