आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी
नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ ।
आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा घरेलु टोलीले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै तेस्रोपटक उपाधि जित्यो । यो खेलको समाप्तिमा प्रतियोगिता अवधिभर कुल सात शतक प्रहार भयो । यससँगै यो विश्वकपको इतिहासमा सर्वाधिक शतक प्रहार भएको संस्करण बनेको हो ।
यस संस्करण पाकिस्तानका साहिबजादा फरहान दोहोरो शतक प्रहार गर्ने एक मात्र खेलाडी बने । उनीसँगै श्रीलंकाका पथुम निसांका, क्यानडाका युवराज शर्मा, इंग्ल्यान्डका ज्याकोब बेथल, ह्यारी ब्रुकले र न्युजिल्यान्डका फिन एलनले समान एक÷एक शतक प्रहार गरे ।
यसअघिका विश्वकपमा कम्तीमा एक शतक प्रहार भएको थियो । अधिकतम दुईसम्म शतक प्रहार भएको थियो । दक्षिण अफ्रिकामा सन् २००७ मा सम्पन्न पहिलो संस्करणमा क्रिस गेल एक मात्र शतक प्रहार गर्ने क्रिकेटर बनेका थिए ।
त्यसपछि २०१० मा सम्पन्न विश्वकपमा भारतका सुरेश रायना र श्रीलंकाका महेला जयावार्देनेले समान एक शतक प्रहार गरेका थिए । दुई वर्षपछि सन् २०१२ मा भएको विश्वकपमा न्युजिल्यान्डका ब्रान्डन म्याक्मुलेनले मात्र १०० रन पूरा गर्न सके ।
२०१४ मा भएको पाँचौँ संस्करणमा इंग्ल्यान्डका एलेक्स हेल्स र पाकिस्तानका अहमद शेहजादले समान एक शतक आफ्नो नाममा ल्याएका थिए । २०१६ मा पनि बंगलादेशका तामिम इक्बाल र वेस्ट इन्डिजका क्रिस गेल शतक बनाउने दुई क्रिकेटर बने ।
त्यसको पाँच वर्षपछि सन् २०२१ मा विश्वकप आयोजना हुँदा इंग्ल्यान्डका जस बट्लर शतक पूरा गर्ने एकल क्रिकेटर बने ।
अर्काे वर्ष सन् २०२२ मा विश्वकपले निरन्तरता पाउँदा १०० रनको पारी खेल्ने क्रिकेटरको सूचीमा दक्षिण अफ्रिकाका राइली रोसोउ र श्रीलंकाका पथुम निसांका रहे ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया