कपिलवस्तु २ मा आचार्यलाई ६ हजारको मतान्तरबाट हराउँदै रास्वपाका थापा निर्वाचित

तौलिहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रमसिंह थापा कपिलवस्तु २ मा विजयी भएका छन् ।

आइतबार बिहान निर्वाचन आयोगबाट जारी अन्तिम मतपरिणाम अनुसार थापाले २७ हजार ६३५मत प्राप्त गरी विजय हासिल गरेका हुन् ।

थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१हजार ५२७मत प्राप्त गरेका छन् । थापाले ६ हजार १०८ मतान्तरले जितेका हुन् ।

Published : Sunday, 2026 March 8, 8:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया