जाजरकोटबाट कांग्रेसका कार्यबाहक सभापति बुढा विजयी
जाजरकोट । नेपाली कांग्रेसबाट जाजरकोट जिल्लामा उम्मेदवार बनेका खडकबहादुर बुढा विजयी भएका छन् ।
शनिबार सार्वजनिक भएको नतिजाअनुसार कांग्रेसका बुढाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मत अन्तरले पराजित गरेका छन् ।
बुढाले २० हजार १४२ मत पाएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ । नेकपाका बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरेका छन् ।
एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राघब कार्कीले २ हजार ४७१ मत पाएका छन् ।
२०४२ साल मंसिर २० गते जाजरकोटको शिवालय गाउँपालिका–९, नाहाडामा जन्मिएका बुढा पहिलो पटक संसदीय चुनावमा होमिएका हुन् । वीरेन्द्र उच्चमावि जुंगाथापाचौर, जाजरकोटमा अध्ययन गर्दै गर्दा २०५३ सालमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर बुढा विद्यार्थी राजनीतिमा जोडिएका थिए ।
१० वर्षपछि २०६३ मा उनी नेविसंघ जाजरकोट जिल्ला सचिव भए । २०६४ मा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको स्ववियु सभापति चुनिएका थिए । २०६७ मा नेपाली कांग्रेसको १२औँ महाधिवेशन प्रतिनिधि बनेका उनी त्यस बेला खुलातर्फ देशकै कान्छो प्रतिनिधि थिए ।
२०७३ मा १३औँ महाधिवेशनबाट नेपाली कांग्रेस जाजरकोटको जिल्ला सचिव भएका उनी २०७८ मा भएको १४औं महाधिवेशनबाट जिल्ला उपसभापतिमा निर्वाचित भए । २०७९ देखि हालसम्म नेपाली कांग्रेस जाजरकोटको कार्यवाहक सभापतिका रूपमा उनी कार्यरत छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा शिवालय गाउँपालिकाको अध्यक्षमा चुनाव लडेका बुढा एमालेका नरेन्द्रकुमार शाहीसँग पराजित भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया