सर्लाही ४ मा अमरेशलाई ‘बल्लेबल्ले’, गगन दोब्बर मतले पछाडि
काठमाडौं । सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले आफ्नो अग्रता दोब्बर बनाएका छन् ।
शुक्रबार राति ८ बजेको पछिल्लो मत अपडेट अनुसार अमरेशले ४ हजार ४९६ मत पाएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले २ हजार ५३० मत पाएका छन् । रास्वपाका अमरेशभन्दा कांग्रेसका गगन झण्डै दोब्बर मतले पछाडि परेका छन् ।
एमालेका अमनिशकुमार यादवले ६४३ मत पाएका छन् । झापा ५ पछि सर्लाही ४ राष्ट्रिय राजनीतिमा सबैभन्दा चासोका साथ हेरिएको क्षेत्रमा पर्छ ।
Published : Friday, 2026 March 6, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया