मनाङमा कांग्रेसका टेकबहादुरले जितको झण्डा गाड्ने पक्का, बनाए फराकिलो मत अन्तर
चामे । मनाङ जिल्लामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङले अत्याधिक मतको अन्तरले अग्रता लिएका छन् ।
शुक्रबार जारी मतगणनाअनुसार कांग्रेसका गुरङले ९ सय १४ मत प्राप्त गरेका छन् । एमालेले कांग्रेसलाई सघाएको थियो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की यशोदा गुरुङ सुवेदीले २ सय १० मत प्राप्त गरेकी छिन् ।
मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले ५ मत प्राप्त गरेका छन् । १८ मत बदर भएको छ ।
कुल ७ हजार मतदाता रहेको मनाङमा २ हजार ८ सय ९२ मत अर्थात् ४१ दशमलव ३१ प्रतिशत मत खसेको थियो । हालसम्म १ हजार १ सय ४७ मत गणना भएको छ ।
Published : Friday, 2026 March 6, 3:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया