डोनाल्ड ट्रम्पद्वारा गृहमन्त्री क्रिस्टीलाई बर्खास्त

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गृहमन्त्री क्रिस्टी नोएमलाई बर्खास्त गरेका छन् ।

नोएमको नेतृत्वलाई लिएर रिपब्लिकन र डेमोक्र्याट दलमा असन्तुष्टि बढ्दै गएको थियो । ट्रम्पको दोस्रो कार्यकाल शुरु भएपछिको यो पहिलो क्याबिनेट हेरफेर भएको छ ।

मिनियापोलिसमा संघीय कानून प्रवर्तन अधिकारीहरूले दुई अमेरिकी नागरिकको गोली हानी हत्या गरेपछि नोएम दुवै दलको दबाबमा थिइन् ।

नोएमसँग पहिले नै रुष्ट रहेका ट्रम्प यस हप्ता कंग्रेसनल सुनुवाईको क्रममा उनको प्रदर्शनबाट आक्रोशित भएका थिए ।

मिनियापोलिसमा दुई अमेरिकी नागरिकको गोली हानी हत्या भएपछि नोएमले हालैका हप्ताहरूमा बढ्दो दबाबको सामना गरिरहेकी थिइन् ।

जनवरी ७ मा, अध्यागमन र भन्सार प्रवर्तन अधिकारीले ३७ वर्षीय अमेरिकी नागरिक रेनी गुडको गोली हानी हत्या गरेका थिए । जनवरी २४ मा सीमा गस्ती अधिकारीहरूले ३७ वर्षीय अमेरिकी नागरिक एलेक्स प्रेटीको गोली हानी हत्या गरेका थिए ।

अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागको सेक्रेटरीलाई सिनेटले अनुमोदन गर्नुपर्छ । सिनेटमा रिपब्लिकनहरूको बहुमत छ ।

Published : Friday, 2026 March 6, 12:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया