धमाधम मतपेटिका संकलन, हिमाली जिल्लाको शुक्रबार आउने
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको मतदान सकिएसँगै मतपेटिका संकलनको कार्य शुरु भएको जनाएको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले ६ जिल्लाको मतपेटिका शुक्रबार बिहान मतगणनास्थलमा पुग्ने जनाएको छ । संखुवासभा, सोलुखुम्बु, गोरखा, रुकुम पश्चिम, मनाङ, बाजुरा र हुम्लाको मतपत्र शुक्रबार मात्र मतगणनास्थलमा पुग्नेछ ।
दुर्गम १५ जिल्लामध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुममा बिहीबार मतपेटिका ढुवानी हुनेछ । ती स्थानमा हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी हुनेछ ।
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेको आयोगले जनाएको छ । केही क्षेत्रमा मतदान कार्य भइरहेकाले यसको प्रतिशत केही बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।
Published : Thursday, 2026 March 5, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया