कांग्रेस नेता खतिवडाद्वारा थाक्ले मतदान केन्द्रबाट मतदान

मानेभञ्ज्याङ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लाबाट मतदान गरेका छन् ।

बिहीबार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ थाक्लेमा रहेको जनता आधारभूत विद्यालयको मतदान केन्द्रबाट खतिवडाले मतदान गरेका हुन् ।

उनले मतदानमा सहभागी भएर अमूल्य मत दिन आह्वान गरेका छन् । नेता खतिवडाले राष्ट्रियता र संविधानको रक्षाका लागि राम्रा उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेका छन् ।

Published : Thursday, 2026 March 5, 1:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया