कांग्रेस नेता एवम् उम्मेदवार डा.महतद्वारा पञ्चकन्या केन्द्रमा मतदान
पञ्चकन्या । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.प्रकाशशरण महतले मतदान गरेका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. २ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर बिहीबार बिहान डा.महतले मतदान गरेका हुन् । उनले आफ्नो अमूल्य मताधिकार प्रयोग गरेको जनाएका छन् ।
‘मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो,’ डा.महतले भने, ‘सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ ।’
कांग्रेस नेता डा.महत नुवाकोट क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । मतदान गरेपछि अन्य मतदान केन्द्रहरूको अनुगमनका लागि डा.महत निस्किएका छन् ।
Published : Thursday, 2026 March 5, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया