कांग्रेसका मन्त्रीद्वय राणाले प्यूठान र न्यौपानेले दाङ– २ बाट मतदान गर्ने

मसुरिया । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका दुई युवा मन्त्रीहरूले दाङ र प्यूठानबाट मतदान गर्ने भएका छन् ।

भोलि फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको मतदान हुन लागेको छ । कांग्रेसबाट शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले प्यूठान र उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले दाङबाट मतदान गर्नेछन् ।

शहरी विकास तथा खानेपानीमन्त्री राणाले प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नं. ८ स्थित श्री बालज्योति नेरा प्रावि मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन् ।
उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले दाङ क्षेत्र नं. २ को घोराही उपमहानगरपालिका वडा नं. ११ स्थित प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

मन्त्रीद्वय राणा र न्यौपानेले बिहानै मतदान गर्ने उनीहरूको निजी सचिवालयले जनाएको छ ।

Published : Wednesday, 2026 March 4, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया