कांग्रेस राप्ती गाउँपालिकाको पार्टी कार्यालयमा नवप्रवेशी नेता श्यामेश र ज्ञानबहादुरलाई स्वागत

मसुरिया । नेपाली कांग्रेस प्रवेश गरेका तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले कांग्रेसका नेताहरूले स्वागत गरेका छन् ।

मंगलबार दाङको राप्ती गाउँपालिका, मौरीघाटस्थित पार्टी कार्यालयमा नेपाली कांग्रेस राप्ती गाउँपालिकाले स्वागत गरेका हुन् । उनीहरूसँग परिचयात्मक कार्यक्रम समेत भएको कांग्रेसको राप्ती गाउँपालिका वडा नं. ३ का वडा सभापति लुमबहादुर केसीले बताएका छन् । उनले भने, ‘तत्कालीन माओवादीका नेताद्वय श्यामेश चौधरी र ज्ञानबहादुर केसी सोमबार कांग्रेसमा प्रवेश गर्नुभएको थियो । आज मंगलबार उहाँहरूलाई पार्टी कार्यालयमा परिचयात्मक कार्यक्रम गरेर स्वागत गरेका छौँ ।’

पार्टी कार्यालयमा हेमराज केसीसहितका माओवादीका नेता तथा कार्यकर्ताहरूलाई राप्ती गाउँपालिकाका कांग्रेसका सभापति विद्याशरण चौधरीले स्वागत गरेका छन् ।

श्यामेश चौधरी र ज्ञानबहादुर केसीलाई सोमबार लमहीमा आयोजित कांग्रेसको कार्यक्रममा कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गरे पनि उनीहरूलाई पार्टी कार्यालयमा नेताहरूसँग परिचय भने मंगलबार गराइएको छ ।

दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले नवप्रवेशीहरूलाई पार्टीमा उचित स्थान दिइने बताएका छन् । पाण्डेले सबै नेता तथा कार्यकर्ताहरूलाई इमान्दार बनेर काम गर्न निर्देशन दिएका छन् ।

Published : Tuesday, 2026 March 3, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया