रुपन्देही २ मा राप्रपाद्वारा कांग्रेसलाई समर्थन, रुखमा मतदान गर्न अपील

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गरेको भन्दै आफ्ना नेता तथा कार्यकर्ताहरुलाई कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गरेर राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले कांग्रेसका उम्मेदवार चुन्नुप्रसाद पौडेललाई समर्थन गरिएको बताए । उनले पौडेलको चुनाव चिन्ह रुखमा मतदान गर्न अनुरोध गरेका छन् ।

राप्रपाका अध्यक्ष थापाले कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले कांग्रेसका उम्मेदवार पौडेललाई मतदान गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

राप्रपाले २०७९ को निर्वाचन रुपन्देही २ मा समानुपातिकतर्फ ५ हजार ६ सय मत प्राप्त गरेको थियो । यस पटक रुपन्देही २ मा राप्रपाको उम्मेदवार छैन । आफ्नो उम्मेदवार नभएपछि राप्रपाले सैद्धान्तिक रुपमा कांग्रेस नजिक रहेको भन्दै समर्थन गर्न लागेको अध्यक्ष थापाले बताए ।

Published : Sunday, 2026 March 1, 2:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया