कार्यबाहक सभापति खड्काद्वारा कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न अपील

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले चुनाव चिन्ह रुखमा मतदान गर्न अपील गरेका छन् ।

आइतबार खड्काले सामाजिक सञ्जालमार्फत फागुन २१ गते हुन लागेको निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न अपील गरेका हुन् । उनले समानुपातिक र प्रत्यक्षतर्फ दुबैमा मतदान गर्न मतदाताहरुसँग अपील गरेका छन् ।

उनले भने, ‘फागुन २१ गते प्रतिनिधि सभाको २७५ सिटको लागि निर्वाचन हुँदैछ, ‘उक्त निर्वाचन शान्तिपूर्ण र निस्पक्ष सम्पन्न हुनु पर्दछ । यसका लागि हाम्रो माग तथा शुभकामना यो निर्वाचनमा म उम्मेदवार किन उठ्दै छैन त्यसको कारण मैले माघ ६ गतेको दिन बिहान मेरो सामाजिक सन्जाल वाल मार्फत सम्बन्धित सबैमा प्रष्ट पारिसकेको छु ।’

कार्यबाहक सभापति खड्काले भने, ‘आज म विशेष दिनमा हाम्रा परमआदर्णीय मतदाता रुपी भगवानहरुसंग गर्दैछु । बिनित–अनुरोध अनुरोध अनुरोध । फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेश लगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभइ प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुबै मत पत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमुल्य मतको स्वस्तिक छापको लालमोहर लगाइ भारी बहुमतका साथ विजयी गराइ दिुनु हुन हृदयदेखिनै हार्दिक बिनम्र अनुरोध गर्दछु ।’

भृकुटीमण्डपको भेलाबाट गगन थापाले कांग्रेसलाई हाइज्याक गरेपछि आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । कांग्रेसको आधिकारिकताको विषयमा कानूनी लडाइँमा कार्यबाहक सभापति खड्कासहित बहुमत पदाधिकारी र सदस्यहरु छन् ।

Published : Sunday, 2026 March 1, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया