मध्यपूर्वका देशहरुमा रहेका नेपालीहरुले सुरक्षा सतर्कता अपनाउनु होला : शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मध्यपूर्वमा विकसित घटनाक्रमले ती देशहरुमा रहेका सम्पूर्ण नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले स्थानीय प्रशासनले जारी गरेको सुरक्षाको प्रोटकल पूर्णरुपमा पालना गर्न अनुरोध गरेका छन् ।
उनले भने, ‘नेपाल सरकार र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक संयोजन तथा सहयोगका लागि क्रियाशील हुन आग्रह गर्दछु ।’
अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि शनिबार हमला गरेपछि मध्यपूर्वमा रहेका नेपालीहरुलाई सुरक्षित रहन देउवाले अपील गरेका हुन् ।
Published : Saturday, 2026 February 28, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया