रुपन्देही- २ मा मतदाताको मन जित्दै कांग्रेसका उम्मेदवार चुन्नु पौडेल

बुटवल । नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेका वरिष्ठ व्यवसायी एवम् समाजसेवी चुन्नुप्रसाद पौडेल पार्टीभित्र रुचाइएका नेतामा पर्छन् ।

आफ्नो कर्म र समाजसेवामा विशेष ध्यान दिएकै कारण कांग्रेसभित्र चुन्नुले लाभका पद पाएनन् । उनले लाभको पद पाउन धेरै जोडबल गरेनन् । समय आएपछि कांग्रेसले चुन्नुलाई प्रतिनिधि सभाको टिकट दिएको छ ।

रुपन्देही जिल्लामा चुन्नु परिचित नाममा पर्छ । कांग्रेस होस् वा अन्य कुनै पनि दलका समर्थक हुन् चुन्नुले सकेको सहयोग गरेकै छन् । बुटवलमा रहेको उनको अस्पतालमा गरिब निमुखा धेरैले उपचार लिएका छन् । उनले सञ्चालन गरेका उद्योग, व्यवसाय लगायतमा हजारौं व्यक्तिले रोजगारी पाएका छन् । रोजगारी दिएकै कारण परिवार पाल्दै आएका छन् ।

उनी झुट बोल्न जान्दैनन् । चुन्नुले देखावटी राजनीति गर्न जान्दैनन् । त्यही कारण पनि उनी पछाडि परेका छन् । आफ्नो कर्म र समाजसेवामा मात्रै ध्यान दिएका कारण चुन्नुलाई समाजले नजिकबाट चिन्ने मौका पाएको छ ।

प्रतिनिधि सभाको निर्वाचनका लागि रुपन्देही २ मा उम्मेदवारी दिएका चुन्नुले आफ्नो प्रतिस्पर्धीहरूका विरुद्ध एकशब्द गालीगलौज गरेका छैनन् । निकै भद्र र सालिन तरिकाले उनले प्रचार प्रसार गर्दै आएका छन् ।

कांग्रेसका अधिकांश नेताहरूले चुन्नुलाई व्यक्तिगत रुपमा पनि चिन्छन् । रुपन्देही २ मा चुन्नुको जितले कांग्रेसलाई संसदमा राम्रो नेताको अभाव महसुस हुन दिने छैन ।

Published : Thursday, 2026 February 26, 4:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया