डीआईजी खत्रीद्वारा कपिलवस्तु प्रहरी मातहतका ईकाइहरूको स्थलगत निरीक्षण
चन्द्रौटा । नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) भूपेन्द्रबहादुर खत्रीले कपिलवस्तु जिल्ला मातहतका प्रहरी ईकाइहरूको स्थगत अनुगमन र निरीक्षण गरेका छन् ।
बुधबार डीआईजी खत्रीले कपिलवस्तु जिल्लाको निर्वाचन सुरक्षा र तयारीका बारेमा जानकारी लिएका हुन् । खत्रीले आगामी निर्वाचनलाई दृष्टिगत गर्दै लुम्बिनी प्रदेशका जिल्लाहरूको अवस्थाका बारेमा स्थलगत जानकारी लिदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु लगायत मातहत विभिन्न प्रहरी ईकाइहरूको तयारी अवस्थाको स्थलगत निरीक्षण तथा अनुगमन सम्पन्न भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
निरीक्षणका क्रममा जनशक्ति अवस्था, तयारी अवस्था तथा ड्युटी व्यवस्थापनको समीक्षा गरी डीआईजी खत्रीले आवश्यक निर्देशन दिएका छन् ।
डीआईजी खत्रीले प्रहरी चौकी, मिल्मीसम्म पुगेर निर्वाचन तयारीबारे जानकारी लिएका थिए । त्यस क्रममा स्थानीय प्रहरीले समग्रबस्तुस्थितिका विषयमा जानकारी गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया